भीमेश्वर – दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडौं सिफारिश गरिएको छ । जिरी नगरपालिका–१ बस्ने पदमबहादुर खड्कालाई हलोजुवा लिन बारीमा गएको बेला भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परी निजको घाँटी, टाउको, निधार र…