काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण उच्च रहेकाले अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले १८ वर्षभन्दा मुनीका बालबालिकाहरुमा १६ प्रतिशत संक्रमण पाइएकाले अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिए । उनले विद्यालय बन्द गर्न सिफारिस गरिएकाे जानकारी दिए ।…