काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले बजेट प्रस्तुत गर्दैछ । निर्वाचनका क्रममा पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना…