प्रचण्डलाई १ सय २ डिग्री ज्वरो !

काठमाण्डू– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहमा उनी घरमै औषधि सेवन गरेर आराम गरिरहेका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो । बिहीबारबाट ज्वरो आएको आचार्यले बताए । १ सय २ ज्वरो आएपछि घरमै बोलाएर स्वास्थ्य जाँच गरिएको थियो ।…