काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा हदैसम्मको कारबाहीको माग गर्दै अदालतमा मुद्धा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएपछि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध…