काठमाडौँ— अर्थमन्त्री डा युवराज खतिवडा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको सो भेटमा चिनियाँ कम्पनीबाट नेपालमा भइरहेका निर्माणकार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको विषयमा छलफल भएको थियो । सो क्रममा तत्कालका लागि काठमाडौँ–कोदारी, काठमाडौँ–रसुवागढी र कोरला नाकामार्फत आवागमन आबद्धता बढाउने विषयमा छलफल भएको…