काठमाडौं- वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा अपराह्न अन्त्येष्टि गरिएको छ। उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो। नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो। स्व . दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए। उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ…