काठमाडौँ — सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। गत असार १८ गते सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएपछि अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल…