राष्ट्रियसभाको बैठक असोज २५ गतेसम्मका लागि स्थगित 

काठमाण्डु - राष्ट्रियसभाको आइतबारका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ ।  आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो ।  सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।