भरतपुर अस्पतालका सबै सेवा शुरु

चितवन-  लकडाउनसँगै बन्द भएको यहाँको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरु भएको छ । चैत ११ गते सरकारले लकडाउन गरेसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्म अस्पतालमा आएका बहिरङ्गका बिरामीलाई सेवा दिन थालिएको छ । बिहान ९ः३० देखि ११ बजेसम्म टिकट…