प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा बालिकाहरुलाई दिइने साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियार स्रोतका अनुसार उजुरी…