काठमाण्डु – दशैंमा काठमाण्डु उपत्यकाबाट बाहिरिनेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सोमबार बिहानैदेखि दशैंमा घर जान इच्छुक व्यक्तिहरु टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको छ । उपत्यकाका विभिन्न १४ स्थानबाट अग्रिम टिकट काट्न सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका…