काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् । स्वास्थ्य मन्त्रालयले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने तयारी गरेको बताएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको…