सिमरामा ग्यास सिलिण्डर पड्कियो, सात जना घाइते

बारा – बाराको जितपुरसिमरा डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चार र अन्य तीन जना घाइते भएका छन् । जितपुरसिमरा उपमहानगरपालिका–१४ की स्थानीय सुकुमाया ब्लोनको घरमा ग्यासको सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भई सिलिण्डर पड्किएको थियो । घाइते हुनेमा नजरमान थिङ्ग, बौद्धमान थिङ्ग, अनिता थिङ्ग, दिलमाया वाईवा, सुनमाया ब्लोन र कमली माया…