ओखलढुंगा – ओखलढुंगाको खिजीफलाटेमा एकिकृत सरकारी भवन बन्ने भएको छ । खिजीदेम्बा गाउँपालिकाको केन्द्रमा छरिएर रहेका सरकारी कार्यालयहरु व्यवस्थापनका लागि पन्ध्र करोडको लागतमा एकिकृत भवन बन्ने भएको हो । ईलाका प्रशासन, ईलाका हुलाक, वन डिभिजन, नापी र मालपोत कार्यालयका लागि एकिकृत भवन बनाइने सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका प्रमुख रुद्रनारायण मिश्रले जानकारी दिए ।…