कोरोनाको महामारीः विश्वभर ३५ सयको मृत्यु, नेपालमा चार सय जनाको नमूना परीक्षण

काठमाडौं – विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ११३ पुगेको छ । उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ…