गोरखा – गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् । गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअन्र्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिक खुशी भएका हुन् । ‘मुटु, आँखा र कान जचाउन पाइयो, गाउँमै यसरी शिविर आएर…