छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

काठमाण्डु – कपिलवस्तु, सिरहा, धादिङ, दैलेख, सप्तरी र बझाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । कपिलवस्तु, बुद्धभूमि नगरपालिका–९ चौवन्नपुरमा लु.१ च ५४४८ नम्बरको बलेरोले लु.१० प ५९२४ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका डुमरा बस्ने ४५ वर्षीय रामधनी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर…