काठमाण्डु — कैलालीमा अन्तरजातीय विवाह गरेर जङ्गलमा बसेको जोडी घर पुग्ने बित्तिकै युवतीका आफन्तले उनीहरूमाथि आक्रमण गरेका छन् । अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल २१ दिन पछि जङ्गलबाट घर पुगेका थिए । घर पुगेका उनीहरूमाथि युवतीका आफन्तले आक्रमण गरेको भजनी नगरपालिकाकी उप प्रमुख छायादेवी देवकोटाले काठमाण्डुपाटीलाई बताइन्…