काठमाडौं – संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संसदीय मर्यादालाई नटेरेको भन्दै उनलाई कारवाही गर्न राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपा सह–अध्यक्ष तथा सांसद लक्षमणलाल कर्णले मन्त्री पण्डित आकाशबाट नआएको र हामीलाई उनले समावेशिता सिकाउनु नपर्ने भन्दै हाम्रै समावेशी आन्दोलनको नाममा मन्त्री स्वयंले सरकारमा स्थान पाएको…