काठमाण्डु – काठमाण्डु उपत्यकामा भदौ १७ गतेसम्म पुनः निषेधाज्ञा थपिएको छ । काठमाण्डु, भक्तपुर, ललितपुरका सिडिओ, सुरक्षा निकायका प्रमुखहरुबीच भएको बैठकले पुनः निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोभिड –१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै पुनः निषेधाज्ञा थप्ने निर्णय भएको हो । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज रातीबाट सकिन लागेको…