समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी

कैलाली - धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो । “समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन”, नगरप्रमुख नृपबहादुर वडले भने, “सङ्क्रमितका परिवार र बढी जनसम्पर्कमा रहने व्यक्तिबाट नमूना छनौट गरी स्वाब सङ्कलन गरिने छ ।…