काठमाण्डु - स्वास्थ्य मन्त्रालयले पीसिआर परीक्षण दर निषेधाज्ञाका कारण घटेको बताएको छ । गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पिसिआर परिक्षण हुने दर घटेपछि यसबारे चौतर्फी चासो हुन थालेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म…