सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्नुहुँदैन :सांसद

काठमाडौँ - प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । समितिअन्तर्गत “सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी गठित उपसमितिले आज आयोजना गरेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा समितिका सदस्यले आम जनतामा सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजेको भन्ने सन्देश प्रवाह भइरहेको भन्दै त्यसबारे…