देश विखण्डनमा लागेकालाई सरकारले नियन्त्रण गरेको छ : गृहमन्त्री थापा

जनकपुरधाम - गृहमन्त्री रामबहादुर थापा (बादलले) मुलुकको राष्ट्रिय अखण्डता र शान्ति सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। शनिबार प्रदेश-२ को जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले देश विखण्डनमा लागेका तथा अराजक गतिविधि एवं अपराधमा लागेकालाई नियन्त्रण गरी सरकारले देशको राष्ट्रिय अखण्डता, शान्ति सुरक्षा कायम गरेर राष्ट्रिय एकताका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका…