जनकपुरधाम – नेकपा एमालेकी नेत्री तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छन् । आईतबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत उनले धनुषाको समग्र विकासका लागि १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन् । प्रतिबद्धता पत्रमा नेत्री महतोले धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेकी छन् ।…