काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङदेनले आफूलाई ५० लाख नदिए ज्यान मार्ने धम्की दिएको खुलासा गरेका छन् । महामन्त्री लिङदेनले सामाजिक सञ्जाल ट्विटरमार्फत केही साताअघि आफ्नो मोबाइलमा धम्की र फिरौती माग गरिएको खुलासा गरेका हुन् । सांसद लिङ्देनलाई फिरौती रकम नदिए घर बाहिरबाट निस्कने बित्तिकै मार्नेसम्मको धम्की…