काठमाडौं– भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले आफू मन्त्री पदबाट हट्ने संकेत गरेका छन् । शनिबार जनकपुरमा मुजेलीयास्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण कार्यक्रममा मन्त्री महासेठले आफू मन्त्री नरहेपनि सांसद पदमा रहिरहने र जनकपुरको विकासका लागि निरन्तर लागिपर्ने बताएका हुन् । उनले आफू मन्त्री नरहँदा पनि जनकपुरसहित हरेक क्षेत्रको विकासका…