काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले ताप्लेजुङ्ग हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका जमदार अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई उनको निवासमा पुगेर भेट गरेका छन् । सेनापति थापाले स्वर्गीय घिमिरेको परिवारलाई भेट गरि समवेदना प्रकट गरेका छन् । तेह्रथुमका चिहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री रविन्द्र अधिकारीसहितको टोली त्यहाँ पुगेको थियो । कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने…