रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाका परिवारलाई ५ लाख दिने सरकारको निर्णय

काठमाडौं – सरकारले रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही ५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १८ गते साँझ बम विस्फोट हुँदा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिका–७ गौरीगाउँका चार बालबालिकाका परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो । विस्फोटमा १४ वर्षीय नोकिराम…