एजेन्सी - अफ्रिकी मुलुक ग्याबोनमा सेनाले निर्वाचित राष्ट्रपतिलाई हटाएर शासन सत्ता कब्जा गरेको छ । सोमबार बिहान साढे चार बजे सरकारी रेडियोमार्फत् सम्बोधन गर्दै एक सैन्य अधिकारीले देशमा प्रजातन्त्र पुनर्स्थापना गर्न आफूहरूले शासन सत्ता हातमा लिएको बताए। रेडियो सम्बोधनलगत्तै हतियारसहितका सैनिक सरकारी टेलिभिजनमा देखिएका थिए। टेलिभिजनबाट पनि सैनिकले राष्ट्रपति अलि बोंगोलाई अपदस्त गरिएको बताए। ५९…