काठमाडौं - विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी थालेको छ । विगतभन्दा फरकरूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झण्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको गृहसचिव प्रेमकुमार राईले बताए । अन्तर्राष्ट्रिय खेलमा दर्शकको हातमा…