कोभिड–१९ खोपको दाेस्रो मात्रा ८ हप्तापछि दिइने

काठमाण्डु – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई ८ हप्तापछि मात्र दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ प्राविधिक सल्लाहकार समितिले कोभिड विरुद्धको पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा ८ देखि १२ हप्ताभित्र दिन प्रस्ताव गरेपछि मन्त्रालयले सो निर्णय गरेको हो । सरकारले कोभिड खोप अभियान सुभारम्भ गर्दा…