खेमराज गौतम/गलकोट – सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले…