संसद विघटनको मुद्धा ‘हेर्दाहेर्दै’मा, कहिले आउला फैसला ?

काठमाण्डु – सर्वोच्च अदालतले संसद् विघटन विरुद्धको मुद्दालाई आज मंगलबारदेखि हेर्दाहेर्दैमा राखेको छ । गत शुक्रबार बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गते सोमबारसम्म बहस नोट बुझाइसक्न दुबै पक्षका कानून व्यवसायीलाई आदेश गरिएको थियो । अब यस मुद्धामा बहस नोटको अध्यनपछि फैसला सुनाउने तयारीमा अदालत रहेको छ । गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस…