काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थलको काम २०२१ जुनमा सक्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री भट्टराइले मङ्गलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै पोखरा विमानस्थल निर्माणकाे काम २०२१ जुनमा सक्ने बताउँदै ४५ प्रतिशत सम्पन्न भएको जानकारी दिए । त्यस्तै मन्त्री भट्टराइले ३ वटा डोमेस्टिक एयरपोर्ट रात्रिकालीन रुपमा सञ्चालन गर्ने…