निर्मला प्रकरणमा पूर्वएसपी विष्टविरुद्ध फौजदारी अपराध मुद्दा, दोषी देखिए ८ वर्ष जेल

काठमाडौं - कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण छानबिनमा शंकास्पद भूमिका देखिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जनाविरुद्ध फौजदारी अपराध मुद्दा दर्ता गरिएको छ । प्रहरी सेवाबाट हटाइएका एसपी विष्ट र इन्सपेक्टर जगदिशप्रसाद भट्टसहित निलम्बनमा परेका अन्य प्रहरी कर्मचारीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरिएको हो…