लेनिन विष्टबारे गृहमन्त्रीको जवाफ : अनुमतिविना सशस्त्र द्वन्द्व सम्बन्धी कार्यक्रममा जान पाइँदैन

काठमाडौं - बैंककमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका लेनिन विष्ट प्रकरणबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सर्वाेच्च अदालतमा जवाफ पठाएका छन् । सर्वाेच्च अदालतको १५ दिने कारण देखाउने आदेशको जवाफ दिँदै गृहमन्त्री थापाले सशस्त्र द्वन्द्वसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन जानुअघि गृह मन्त्रालयको अनुमति लिनुपर्ने बताएका छन् । विष्टलाई बैंकक जानबाट रोकेर…