-दाने बोहरा हुम्ला - हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ । कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सिमकोट विमानस्थल स्रोतले जनाएको…