चुनावका दिन सवारीसाधन सञ्चालन सम्बन्धी निर्वाचन आयोगको यस्तो व्यवस्था

काठमाण्डु – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन मतदानको कार्यलाई व्यवस्थित बनाउन सवारीसाधन सञ्चालनसम्बन्धी विशेष व्यवस्था गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार मतदानका दिन अत्यावश्यक सेवामा खटिने र संवेदनशील अवस्थाका यात्रु बोक्ने सवारीसाधनका लागि छुट्टै सवारी पास लिनुपर्ने छैन । आयोगले सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम नेपाल…