काठमाडौं– नयाँशक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज भारतको महासचिवमा दाङका लोकेन्द्र शेर्पाइली पुनः निर्वाचित भएका छन्। अगष्ट ११ र १२ मा महाराष्ट्र राज्यको नासिकमा भएको प्रथम राष्ट्रिय भेलाले सेर्पालीलाई पुनः महासचिवमा निर्वाचित गरेको हो। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको माओवादी आन्दोलनबाट राजनीति शुरु गरेका सेर्पाली तत्कालीन एमाओवादीबाट अलग हुनु अगाडि पार्टीको थारुवान राज्य समिति सदस्य थिए…