चितवन - अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने दर्जनौ आन्दोलनकारीहरु घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरका अनुसार जर्वजस्ती राजमार्ग…