आइपुग्यो निगमको दोस्रो वाइडबडी ‘मकालु’ विमान

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी 'मकालुु' विमान नेपाल भित्र्याएको छ। ए ३३०–२०० सिरिजको विमानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले 9N - ALZ  कल साइन दिएको छ। विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका थिए ।…