काठमाडौं – संघीय समाजवादी फोरमले सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीसंग एकता हुन लागेको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै नेकपासंग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टी एकताबारे सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुने गरी प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।…