काठमाडौँ - खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन्। आयोजनाको बाँकि काम अघि बढाउन देखिएको समस्या समाधानका लागि पहल भइरहेको भन्दै आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराएकी छन्। बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले…