ठिनीको घरवासमा अब ‘अनलाइन बुकिङ’

निरज थकाली मुस्ताङ – मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिए। ग्राहकले घरवासमा बुक गर्दा शुल्क तिर्नु नपर्ने उनले जानकारी दिए । सदरमुकाम जोमसोमदेखि…