सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई विवाहको प्रलोभन गर्ने पक्राउ

काठमाडौं - सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने डोटी के.आई.सिंह गाउँपालिका-६ घर भएका २६ वर्षीय केशवराज भट्टलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भट्टले विभिन्न उच्च पदका अधिकृतहरुको फोटो आफैले बनाएको फेसबुकको फेक अकाउन्टमा राख्नुका साथै आफू उच्च खानदानको…