काठमाडौं–महानगरका सडकमा आजदेखि नियमित ब्रुमर लगाएर सफाइ गरिने भएको छ । इटलीबाट आयात गरिएका ५ वटा आधुनिक ब्रुमरको (आज) मंगलबार सञ्चालन शुरुवात् गरिएसँगै सडकमा ब्रुमर चल्ने भएका हुन् । यस अघि परीक्षणमा रहेका ब्रुमरहरुको औपचारिक सञ्चालन शुरुवात् महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले गरे। सभा गृहमा राखिएका ब्रुमर सञ्चालन गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मेयर शाक्यले भन्नुभयो…