भ्रमण वर्ष झापाः महाभारत पढ्ने कि जनजाति !

झापा – झापाको अर्जुनधारा पुग्नुभयो भने त्यहाँ तपाईँलाई महाभारतकालीन कुरुक्षेत्रको रणमैदानमा श्रीकृष्णले गाण्डिव धनुर्धारी अर्जुनलाई दिव्यसन्देश दिइरहेको चित्ताकर्षक विशाल प्रतिमाले मोहनी लगाउनेछ । अर्जुनधारा नगरपालिकाको रु ४६ लाख लगानीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न यस्ता कलाकृति शनिश्चरे बजारभरि सजाइएका छन् जहाँबाट वर्षेनी तीन लाख धार्मिक पर्यटकको आगमन हुने गर्छ । पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाम शनिश्चरेबाट पाँच…