कांग्रेसको विवाद सल्टाउन महतले सारे तीन प्रस्ताव

काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको नियमित १५औँ महाधिवेशनका पक्षधर र विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका नेताहरूबीच गम्भीर मनोवैज्ञानिक खाडल देखिएको बताएका छन् । नेता महतले यसले पार्टीलाई झन् कमजोर बनाउने अवस्था सिर्जना गरेको बताए । पार्टीभित्र बृहत्तर एकता हुन नसके नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय शक्तिका रूपमा कांग्रेसको पुनरुत्थान कठिन हुने…